मन्त्री हेरफेरको विषयमा एकीकृत समाजवादीका चार मन्त्रीसहित १० सांसदको असन्तुष्टि (पत्रसहित)

संसदीय दलको बैठक बोलाउनमाग

नेकपा एकीकृत समाजवादीका बहालवाला चार मन्त्रीसहित १० जना सांसदले पार्टी अध्यक्ष माधवकुमार नेपाललाई आठ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन् । उनीहरुले बिहीबार अध्यक्ष नेपाललाई ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

उनीहरुले बजेट अधिवेशन चलिरहेको अवस्थामा मन्त्रीमण्डल पुनर्गठन गर्ने कुरा सही र स्वाभाविक मान्न नसकिने उल्लेख गरेका छन् । आठ बुँदे ध्यानाकर्षण पत्रमा स्वास्थ्यमन्त्री विरोध खतिवडा, सहरीविकास मन्त्री रामकुमारी झाँक्री, पर्यटनमन्त्री प्रेमबहादुर आले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ सहित अन्य ६ जना सांसदले हस्ताक्षर गरेका छन् । उनीहरुले आफूहरुलाई पटक–पटक अपराधीलाई जस्तो व्यवहार गरिएको भन्दै असन्तुष्टि पनि जनाएका छन् ।



त्यस्तै उनीहरुले मन्त्री हेरफेर लगायतका विषयमा छलफल गर्न तत्काल संसदीय दलको बैठक बोलाउन माग पनि गरेका छन् । नेकपा एकीकृत समाजवादीले गत २२ जेठमा सरकारमा सहभागी स्वास्थ्यमन्त्री विरोध खतिवडा, सहरी विकासमन्त्री रामकुमारी झाँक्री, पर्यटनमन्त्री प्रेम आले र श्रम तथा रोजगारमन्त्री कृष्णकुमार श्रेष्ठलाई फिर्ता बोलाउने फिर्ता गर्ने निर्णय गरेको थियो ।

एकीकृत समाजवादीले नयाँ मन्त्रीहरुमा स्वास्थ तथा जनसंख्या मन्त्रीमा भवानी खातुङ, शहरी विकास मन्त्रीमा मेटमणी चौधरी, श्रममन्त्रीमा शेरबहादुर कुँवर , संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रीमा जीवनराम श्रेष्ठ र स्वास्थ राज्यमन्त्रीमा हीरा केसीको नाम सिफारिस गरेको थियो । अध्यक्ष माधव कुमार नेपालले यसअघि नै अहिलेका मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँलाई मन्त्री बनाउने भन्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई नाम सिफारिस गरेर पठाएका थिए । तर, देउवाले बजेट पारित नगरी मन्त्री फेर्न नहुने बताएका थिए ।

पत्र

पत्र

पत्र

सम्बन्धित समाचार