राष्ट्रिय सभाको बैठक सुरु – LIVE

राष्ट्रिय सभाको बैठक सुरु भएको छ । आज (शुक्रबार) दिउँसो १ बजेबाट बैठक सुरु भएको हो ।

आजको बैठकमा राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयालले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त आर्थिक विधेयक, २०७९, राष्ट्र ऋण उठाउने विधेयक, २०७९ र ऋण तथा जमानत (पच्चीसौं संशोधन) विधेयक, २०७९ टेबुल गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।



त्यस्तै बैठकमा स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले ‘कोभिड–१९ संकट व्यवस्थापन विधेयक २०७८ र औषधि (तस्रो संशोधन) विधेयक, २०७९ माथि सदनमा दफावार छलफलका लागि प्रस्तुत गर्ने कार्यसूची रहेको छ । यस्तै बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले रेल्वे विधेयक, २०७९ पेस गर्नेछिन् ।

भिडियो –

भिडियो साभार -National Assembly Nepal राष्ट्रिय सभा नेपाल

सम्बन्धित समाचार