नवकान्तिपुर संवाददाता
काठमाडौं, १० असार ।

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ६ जना फेला परेका छन् । पर्सा, वीरगंज महानगरपालिका-१६ स्थित सोही महानगरपालिका-४ बोखार चोक डेरा गरी बस्ने ३५ वर्षीया रिता थापा बिहीबार मृत अवस्थामा फेला परेकी हुन् ।
त्यस्तै झापा, गौरदह नगरपालिका-९ बैगुनधुरा बस्नेत टोल बस्ने ४१ वर्षीय बुध्दराम हेमरन आफ्नै घर नजिकै रहेको बाटो छेउको नालीमा बिहीबार मृत अवस्थामा फेला परेका छन् । यता काभ्रे, पनौती नगरपालिका-६ पुन्यमाता खोलामा सोही नगरपालिका-४ ठाडो बाटो बस्ने ८१ वर्षीय बिष्णु बहादुर कार्की भन्ने अर्जुन कार्की बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
यस्तै बर्दिया, बाँसगढी नगरपालिका-३ मानखोलास्थित सडक छेउमा हाल नाम, थर, वतन नखुलेका करिब ६० वर्षीय पुरुष बिहीबार मृत अवस्थामा फेला परेका छन् । यसैगरी मोरङ, उर्लाबारी नगरपालिका-६ स्थित पूर्व बसपार्क छेउको होटलको बरण्डामा सोही ठाउँ बस्ने ३७ वर्षीय राम कुमार माझी बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
त्यसैगरी जाजरकोट, नलगाड नगरपालिका-१ जाल बस्ने ४० वर्षीया भगवती शाही आफ्नै घरदेखि करिब ४ सय मिटर टाढा जगंलस्थित बुधबार मृत अवस्थामा फेला परेकी छन् । असार ५ गते दाउरा काटन भनी गएकोमा उनी घर नफर्किएपछि खोजी गर्ने क्रममा उक्त जंगलमा शव फेला परेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

