माधव नेपालले कम्युनिस्ट पार्टी विदेशीसामू लम्पसार पर्दैन भनेपछि…

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कम्युनिष्ट पार्टीहरु विदेशीसामू लम्पसार नपर्ने बताएका छन् । आज (शुक्रबार) पार्टी पोलिटब्यूरो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।

उनले कम्युनिष्ट आन्दोलनले देशभक्तिलाई महत्व दिने भन्दै पार्टीलाई सही नीतिमा अघि बढाउनु अहिलेको प्रमुख चुनौती रहेको बताए । उनले भने, ‘कम्युनिष्ट पार्टी र कम्युनिष्ट आन्दोलनले देशभक्तिलाई महत्व दिन्छ । विदेशीहरुको सामू लम्पसार पर्दैनन् ।’ विदेशीका सामु घुँडा पनि टेक्दैन, त्यस्तो पार्टी हामीले बनाउन खोजेका हौँ ।’



त्यस्तै पार्टीको पोलिटब्युरो बैठकमा राजनीतिक र सांगठनिक प्रतिवेदन पेस हुने अध्यक्ष नेपालले बताए । अध्यक्ष नेपालले राष्ट्र, राष्ट्रियताको रक्षा, राष्ट्रको मर्यादामा रहने कुरालाई केन्द्रविन्दुमा राखेर अघि बढ्ने गरेको बताए ।

सम्बन्धित समाचार