राष्ट्रियसभाको बैठक स्थगित

बैठकमा तीन विधेयक टेबुल

राष्ट्रियसभाको बैठक स्थगित भएको छ । राष्ट्रियसभाको अर्को बैठक यही असार १२ आइतबार ११ बजे बस्ने गरि स्थगित भएको हो ।

आज (शुक्रबार) बसेको राष्ट्रियसभाको बैठकमा तीन विधेयक टेबुल भएका छन् । राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त तीन विधेयक ‘आर्थिक विधेयक, २०७९’, राष्ट्र ऋण उठाउने विधेयक, २०७९ र ऋण तथा जमानत (२५ औँ संशोधन), २०७९ पेश गरेका हुन् ।



त्यस्तै, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाको तर्फबाट राज्यमन्त्री भवानीप्रसाद खापुङले पेश गरेको ‘कोभिड–१९ सङ्कट व्यवस्थापन विधेयक, २०७८ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको छ । यस्तै भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले पेश गरेको ‘रेल्वे विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ ।

सम्बन्धित समाचार