नवकान्तिपुर संवाददाता
काठमाडौं, १० असार ।
पछिल्लो चौबीस घण्टामा नेपालमा ४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने मृतकको संख्या शून्य रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा ३ हजार ५५५ जनाको नमूना परीक्षण गरिएको थियो । जसमा १ हजार ८५२ जनाको पीसीआर परीक्षण गर्दा ३२ जना र १ हजार ७०३ जनाको एन्टिजेन परीक्षण गर्दा ११ जनामा कोरोना पुष्टि भएको छ ।
त्यस्तै, चौबीस घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु भएको छैन । नेपालमा हाल मृत्यु हुनेको संख्या ११ हजार ९५२ पुगेको मन्त्रालयले जनाएको छ । यस्तै आज १४ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको हुनेको संख्या ९ लाख ६७ हजार ३५६ जना पुगेको छ ।
नेपालमा हाल सक्रिय संक्रमितको संख्या १८१ रहेको छ । जसमा १७७ जना होम आइसोलेसनमा, ४ जना संस्थागत आइसोलेसनमा र १ जना आईसीयुमा रहेका छन् । यस्तै १ जना भेन्टिलेटरमा उपचाररत् छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ९ लाख ७९ हजार ४८९ र एन्टिजेन विधिबाट १ लाख ४० हजार ४२० जना पुगेको छ ।