रोहित शर्मालाई कोभिड संक्रमण

भारतीय क्रिकेट खेलाडी रोहित शर्मालाई कोभिड-१९ को संक्रमण देखिएको छ । भारतको टेस्ट कप्तान समेत रहेका रोहितलाई कोभिड-१९ को संक्रमण देखिएको हो ।

इंग्ल्यान्डविरुद्धको क्रिकेटको लागि एजब्यास्टनमा रहेका रोहितलाई कोभिडको र्‍यापिड टेस्ट गर्दा कोभिड संक्रमण देखिएको हो । कोभिड संक्रमण  देखिएसँगै उनले इंग्ल्यान्डविरुद्धको टेस्ट गुमाउने सम्भावना प्रवल रहेको छ ।



उनी अहिले होटलमा सेल्फ आईसोलेसनमा बसेका छन् । इंग्ल्यान्ड र भारतबीचको टेस्ट आगामी शुक्रबारबाट सुरु हुनेछ ।

सम्बन्धित समाचार