ककनी – ५ मा बाढी पहिरोबाट १२ घरपरिवार विस्थापित

वर्षा शुरु भएसँगै बाढी पहिरोको जोखिम पनि त्यत्तिकै बढ्न थालेको छ । यसै क्रममा अविरल वर्षाका कारण नुवाकोटको ककनी गाउँपालिका – ५ को ढुंगेनमा शुक्रबार पहिरो जाँदा १२ घरपरिवार विस्थापित भएका छन् ।

पहिरोका कारण कुनै पनि मानवीय तथा भौतिक क्षति नभएको ककनी गाउँपालिका -५ का वडाध्यक्ष बुद्ध राज लामाले नवकान्तिपुरलाई जानकारी गराए । विस्थापित सबैलाई ५० मिटरको अस्थाई टहरो निर्माण गरी सुरक्षित स्थानमा सारिएको छ ।



इलाका प्रहरी ककनी, स्काउट, गाउँपालिका ककनी र स्थानीय जनप्रतिनिधीहरुका साथै स्थानीयबासीहरुको सक्रियतामा टहरो निर्माण भएको वडाध्यक्ष लामा बताउँछन् । वर्षातको समयमा हुने बाढी पहिरो, भु-क्षय तथा प्राकृतिक दैविक प्रकोपबाट नागरिकलाई सुरक्षित राख्न सम्बन्धित पक्ष तथा स्थानीय सरकार जिम्मेवार हुन आवश्यक छ ।

सम्बन्धित समाचार