सार्वजनिक यातायातको भाडा घट्यो, कहाँको कति ? (सूचीसहित)

काठमाडौँ उपत्यका सहित अन्तर प्रदेश यातायातका यात्रुबाहक तथा मालबाहक सार्वजनिक यातायातको भाडा घटेको छ । आज (आइतबार) बाट लागू हुने गरी यातायात व्यवस्था विभागले अन्तरप्रदेश सार्वजनिक सवारी साधनको भाडा घटाएको हो ।

पेट्रोलियम पदार्थको मूल्य घटेसँगै विभागले सार्वजनिक यातायातको सवारी भाडा समायोजन गरेको जनाएको छ । विभागले सार्वजनिक यातायातको ५.४१ प्रतिशतको दरले भाडा घटेको जनाएको छ । जसमा यात्रुवहाक सवारी साधनको भाडामा ५.४१, पहाडी बाटोमा सञ्चालन हुने मालबहाक सवारीमा ६.९७ र तराईका बाटोमा सञ्चालन हुने मालबाहाक सवारीको भाडामा ७.६८ प्रतिशतले घटेको छ।



भाडा घटेको सूचना गर्दै विभागले पेट्रोलियम पदार्थको मूल्य घटेसँगै सार्वजनिक सवारी साधनको पनि भाडा समायोजन गरिएको जनाएको छ । नेपाल आयल निगमले शनिबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको पेट्रोलको मूल्यमा प्रतिलिटर २० रुपैयाँ र डिजेलमा २९ रुपैयाँ मूल्य घटाएको हो ।

यस्तो छ नयाँ भाडादर :

सम्बन्धित समाचार