प्रतिनिधिसभाको बैठक सुरु – LIVE

प्रतिनिधिसभाको बैठक सुरु भएको छ । बैठक दिउँसो १ बजेबाट नयाँवानेश्वरस्थित संसद भवनमा सुरु भएको हो ।

आजको बैठकमा विभिन्न विधेयकमाथि छलफलका लागि प्रस्ताव पेश गर्ने सम्भावित कार्यसूची छ । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले लोक सेवा आयोगको ६२ औँ वार्षिक प्रतिवेदन (२०७७ साउन–२०७८ असार) पेस गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।



त्यस्तै बैठकमा प्रधानमन्त्री देउवाले राष्ट्रिय सभामा उत्पति भएको नीति अनुसन्धान प्रतिष्ठान विधेयक, २०७६ माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने, लोक सेवा आयोग विधेयक, २०७५ माथि राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

यसैगरी बैठकमा वन तथा वातावरण मन्त्री रामसहायप्रसाद यादवले ग्लोबल ग्रिन ग्रोथ इन्स्टिच्युटको सहभागितामूलक सदस्यका रुपमा सदस्यता प्राप्त गर्न स्वीकृति प्रदान गर्ने सम्बन्धी सम्झौतामाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

भिडियो –

भिडियो साभार – House of Representatives Nepal प्रतिनिधि सभा नेपाल

सम्बन्धित समाचार