पर्यटनमन्त्री प्रेमबहादुर आलेले बुझाए राजीनामा पत्र

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री मन्त्री प्रेमबहादुर आले राजीनामा पत्र बुझाएका छन् । आज (आइतबार) आलेले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई राजीनामा पत्र बुझाएका हुन ।

मन्त्री आलेले पार्टी केन्द्रीय कार्यालय मीनभवनमा पुगेर मन्त्री राजीनामा पत्र बुझाएको एकीकृत समाजवादीका एक नेताले जानकारी दिए । यसअघि उनले गत शुक्रबार आफूले ४८ घण्टा भित्र मन्त्री पदबाट राजीनामा दिने घोषणा गरेका थिए । सोही अनुसार मन्त्री आलेले राजीनामा पत्र बुझाएका हुन् ।



नेकपा एकीकृत समाजवादीले गत २२ जेठमा सरकारमा सहभागी स्वास्थ्यमन्त्री विरोध खतिवडा, सहरी विकासमन्त्री रामकुमारी झाँक्री, पर्यटनमन्त्री प्रेम आले र श्रम तथा रोजगारमन्त्री कृष्णकुमार श्रेष्ठलाई फिर्ता बोलाउने फिर्ता गर्ने निर्णय गरेको थियो ।

 

 

सम्बन्धित समाचार