मृत अवस्थामा ११ जना फेला

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ११ जना फेला परेका छन् । रोल्पा, रोल्पा नगरपालिका-२ धैरे पोखरास्थित जंगलको ओढारमा सोही नगरपालिका-९ घर भएका ६३ वर्षीय हर्क वहादुर राना शनिबार मृत अवस्थामा फेला परेका हुन् ।

त्यस्तै रसुवा, गोसाईकुण्ड गाउँपालिका-२ टिमुरे घट्टेखोलास्थित होटलको कोठामा सिन्धुली हरिहरपुर गाउँपालिका-३ घर भएका ४२ वर्षीय सोम कुमार श्रेष्ठ आइतबार मृत अवस्थामा फेला परेका छन् । टिमुरेस्थित निर्माणाधिन रसुवागढी हाइड्रो पावरमा जेनेरेटर फिट गर्न आएर उक्त होटलमा बसेकोमा उनी सुतेकै ठाउँमा मृत अवस्थामा फेला परेका छन् ।



यस्तै चितवन, भरतपुर महानगरपालिका-९ मिलनचोक बस्ने २२ वर्षीय विनोद घिमिरे नवलपरासी विनयीत्रिवेणी गाउँपालिका-७ ब्यारेज पुलस्थित नारायणी नदीको किनारमा शनिबार मृत अवस्थामा फेला परेका छन् । गत बिहीबारबाट हराई बेपत्ता भएका उनको खोजी गर्ने क्रममा उक्त ठाउँमा फेला परेको हो ।

यता दाङ, राजपुर गाउँपालिका-२ गैरा बस्ने २५ वर्षीय राजेश चौधरी आफ्नै घर नजिकै सडकको सुक्खा नालीमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् । यसैगरी काभ्रे, पाँचखाल नगरपालिका-२ स्थित मकैबारीमा सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका-७ घर भई हाल पाँचखालमा डेरा गरी ज्यामी काम गरी बस्ने २० वर्षीय सरोज नेपाली शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।

त्यसैगरी ताप्लेजुङ, फुङलिङ नगरपालिका-४ न्यूरोड डेरा गरी बस्ने भारत घर बताउने २५ वर्षीया संगिता कटुवाल आफ्नै कोठामा शनिबार मृत अवस्थामा फेला परेकी छिन् । यता काठमाडौं, तारकेश्वर नगरपालिका-११ नेपालटार बस्ने सुर्खेत घर भएकी ३५ वर्षीया दिल माया विश्वकर्मा आफ्नै कोठामा शनिबार मृत अवस्थामा फेला परेकी छिन् ।

यस्तै चितवन, भरतपुर महानगरपालिका-३ स्थित नारायणी नदीमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरूष शनिबार मृत अवस्थामा फेला परेका छन् । यता भोजपुर, भोजपुर नगरपालिका-४ ओडारे बस्ने ४० वर्षीय पदम बहादुर थापा आफ्नै घर नजिक रहेको बारीमा शनिबार मृत अवस्थामा फेला परेका छन् । बुधबारदेखि आफ्नै घरबाट हराई बेपत्ता भएका उनको खोजी गर्ने क्रममा शव फेला परेको हो ।

त्यस्तै कास्की, पोखरा महानगरपालिका-२२ पिपलडालीस्थित फुस्रे खोलामा सोही ठाउँ बस्ने ५२ वर्षीय तेजनाथ बराल शनिबार मृत अवस्थामा फेला परेका छन् । यता अर्घाखाँची, पाणेनी गाउँपालिका-२ कमैघारी बस्ने ७४ वर्षीय तुल्सीराम सुर्यवंशी आफ्नो घर नजिक बारीमा शनिबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार