मन्त्रिपरिषद् हेरफेर, यी हुन् एकीकृत समाजवादीका नयाँ मन्त्रीहरु (सूचीसहित)

अन्तत: प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । आइतबार प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एकीकृत समाजवादीबाट सरकारमा सहभागी मन्त्रीहरु हेरफेर गरेका हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा (९) तथा धारा ७८ को उपधारा (१) बमोजिम प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा चार मन्त्री र एक राज्यमन्त्रीको नियुक्ति र कार्यविभाजन तोकेकी राष्ट्रपति कार्यालयले जनाएको छ ।



प्रधानमन्त्री देउवाको सिफारिसमा एकीकृत समाजवादीबाट संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्रीमा जीवनराम श्रेष्ठ, शहरी विकास मन्त्रीमा मेटमणि चौधरी, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीमा शेरबहादुर कुँवर, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीमा भवानी खापुङ र स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्रीमा हीरा केसीलाई नियुक्त गरिएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

एकीकृत समाजवादीले २२ जेठमा मन्त्रीहरु फिर्ता बोलाउने निर्णय गर्दै नयाँ बन्ने नेताहरुको नाम प्रधानमन्त्री देउवालाई बुझाएको थियो । तर देउवाले बजेट पारित नभई मन्त्रिपरिषद् पुनर्गठन गर्न नसकिने बताएका थिए । एकीकृत समाजवादीले चारमन्त्री रामकुमारी झाँक्री, विरोध खतिवडा, प्रेम आले र कृष्णकुमार श्रेष्ठलाई फिर्ता बोलाएको थियो ।

सूची

 

सम्बन्धित समाचार