एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ्ग एपमार्फत एयरलाइन टिकट बुकिङमा २० प्रतिशत ‘क्यास व्याक’

डिजिटल बैंकिङ्गमा अग्रणी स्थानमा रहि नविनतम प्रविधिद्वारा बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गर्दै आइरहेको एनआईसी एशिया बैंकले डिजिटल बैंकिङ्गको प्रबद्र्धन गर्नका लागि आफ्नो मोबाइल बैंकिङ्ग एपमार्फत विभिन्न एयरलाइनको टिकट बुकिङमा २० प्रतिशतसम्म क्यास व्याक हुने आकर्षक योजना सार्वजनिक गरेको जानकारी प्राप्त भएको छ ।

बैंकले २०७९ आषाढ १२ गते देखि २०७९ आषाढ १८ गतेसम्म लागू हुने गरी ल्याएको यस योजनामा बैंकका ग्राहकहरूले NIC ASIA MoBank प्रयोग गरी टिकट बुकिङ तथा खरिद गर्न सक्ने जनाइएको छ । डिजिटल बैंकिङ्गको अवधारणा अनुरुप एाआईसी एशिया मोबैंकमार्फत टिकट बुकिङमा ग्राहकहरुले पहिलो टिकट बुकिङमा ५०० रुपैयाँ अधिकतम एवम् दोश्रो पटकबाट रु. १०० सम्म क्यास व्याक प्राप्त गर्न सक्नेछन् ।



‘डिजिटल फस्ट बैंक’ बन्ने दीर्घकालीन रणनीति अनुरुप सम्पूर्ण बैंकिङ्ग सेवा तथा सुविधाहरू क्रमिक रुपले डिजिटल माध्यमबाट प्रदान गर्ने हेतुले यस बैंकले पछिल्लो समय ग्राहकलाई जुनसुकै स्थानबाट, जुनसुकै समयमा बैंकिङ्ग सेवाहरू उपभोग गर्न मिल्ने हिसाबले सेल्फ हेल्प बैंकिङ्गको अभ्यासलाई आई–सेवामार्फत अघि बढाइरहेको बैंकले जनाएको छ, जसअनुसार बैंकले यस एपबाट निक्षेप खाताको जानकारी, एकाउण्ट स्टेटमेन्ट, रकम ट्रान्सफर, आन्तरिक रेमिट्यान्स, अनलाईन खाता खोल्ने, मुद्दती निक्षेप खोल्ने, बैंकका शाखा तथा एटिएमको जानकारी, मोबाइल टपअप, युटिलीटि बिल भुक्तानी, आइपिओ आवेदन लगायतका सुविधाहरू ग्राहकहरूले जुनसुकै स्थानबाट, जुनसुकै समयमा उपभोग गर्न सक्नेछन् ।

सम्बन्धित समाचार