नवकान्तिपुर संवाददाता
काठमाडौं, १३ असार ।
नेपालमा आज (सोमबार) सुनको मूल्य ४०० रुपैयाँले बढेको छ । स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९७ हजार ७०० रहेकोमा आइतबार रु ९७ हजार ३०० मा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९७ हजार २०० रहेकामा आइतबार प्रतितोला रु ९६ हजार ८०० मा कारोबार भएकोे थियो । यसैगरी आज चाँदीको मूल्य आइतबारको मूल्य भन्दा १० रुपैयाँ बढ्दै रु एक हजार २५५ मा कारोबार भएको छ । आइतबार चाँदी प्रतितोला रु एक हजार २४५ मा कारोबार भएको थियो ।
महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।