पदभार ग्रहण गर्दै मन्त्री श्रेष्ठले गरे यी दुई निर्णय

नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले पदभार ग्रहण गरेका छन् । आज (सोमबार) राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ ग्रहण गरेपछि  उनले पर्यटन मन्त्रालय पुगेर पदभार ग्रहण गरेका हुन् ।

पदभार ग्रहण गर्ने क्रममा उनले दुई वटा निर्णयमा हस्ताक्षर गरेका छन् । उनले विश्व सम्पदा सूचीमा परेका हनुमानढोका र स्वयम्भूलाई जोड्ने गरी हेरिटेज मार्ग बनाउने निर्णयमा हस्ताक्षर गरेका हुन् । सरकारले यस विषयमा बजेट समेत विनियोजन गरिसकेको छ ।



त्यस्तै श्रेष्ठले कोरोना महामारीमा पर्यटन क्षेत्र नराम्रोसँग प्रभावित भएको भन्दै यस क्षेत्रलाई माथि उठाउने विषयलाई उच्च प्राथमिकता दिएर काम गर्ने निर्णय गरे । यस विषयमा विभिन्न अध्ययन प्रतिवेदन समेत तयार भइसकेको भन्दै उनले ती प्रतिवेदनका आधारमा अब कार्ययोजना नै बनाएर अघि बढ्ने बताए ।

सम्बन्धित समाचार