मृत अवस्थामा ६ जना फेला

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ६ जना फेला परेका छन् । झापा, अर्जुनधारा नगरपालिका-४ सहासी टोलस्थित पानी पैनीको कलभर्टभित्र हाल नाम, थर, वतन नखुलेका करिब ४५ वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका हुन् ।

त्यस्तै कञ्चनपुर, दोधारा चाँदनी नगरपालिका-६ मिलन चोक बस्ने २८ वर्षीय यम बहादुर श्रेष्ठ आफ्नै घरको आगनमा आइतबार मृत अवस्थामा फेला परेका छन् । यता मोरङ, उर्लबारी नगरपालिका-१ बयरडाँगीस्थित खेम बहादुर दर्नालको घरमा पाहुना आएका झापा दमक नगरपालिका-१ बस्ने ६६ वर्षीय नैनसिङ बिक घरको पछाडि आइतबार मृत अवस्थामा फेला परेका छन् ।



यस्तै खोटाङ, दित्तेल रुपाकोट मझुवागढी नगरपालिका-११ खार्मि बस्ने १३ वर्षीय रबिन दाहाल सोही नगरपालिकास्थित अखाम्पु खोलाको दहमा आइतबार मृत अवस्थामा फेला परेका छन् । गत बुधबार घरबाट विद्यालयतर्फ हिँडेका उनी हराई बेपत्ता भएपछि खोजी गर्ने क्रममा उक्त खोलाको दहमा उनको शव फेला परेको हो ।

त्यसैगरी नुवाकोट, बिदुर नगरपालिका-२ तादी खोलाको पुलमुनी हाल नाम, थर, वतन नखुलेका करिब १६ वर्षीय पुरुषको शव सडिगलेको अवस्थामा आइतबार फेला परेको छ । यता धादिङ, निलकण्ठ नगरपालिका-११ चरङ्गे दोभानस्थित आँखुखोला नदीको किनारमा हाल नाम, थर, वतन नखुलेका करिब ४५ वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार