आलिया भट्ट आमा बन्दै

कपुर परिवारमा छिट्टै नयाँ पाहुना आउने भएका छन् । भर्खरै विवाह बन्धनमा बाँधिएका रणवीर कपुर र आलिया भट्ट आमाबुवा बन्न लागेका हुन् । आलिया भट्टले आफ्नो सामाजिक सञ्जालमा एक पोस्ट सेयर गर्दै फ्यानलाई यो खुसीको खबर सुनाएकी छिन् ।

आलियाले एक फोटो शेयर गरेकी छिन् जसमा उनी अस्पतालको बेडमा सुतेकी देखिन्छिन् भने रणवीर उनको छेउमा बसेका छन् । उनले स्क्रिनमा हार्ट इमोजी राखेका छन् ।  यो तस्विर सेयर गर्दै आलियाले क्याप्सनमा लेखेकी छिन्, ‘हाम्रो बेबी….. चाँडै आउँदैछ’ आलिया भट्टको यो पोस्टमा फ्यान र सेलिब्रेटीले कमेन्ट गर्दै जोडीलाई बधाई दिइरहेका छन् ।



आलिया भट्ट र रणवीर कपुरले यसै वर्ष १४ अप्रिलमा विवाह गरेका थिए । यो जोडी चाँडै फिल्म ‘ब्रह्मास्त्र’मा सँगै देखिने भएका छन् ।

सम्बन्धित समाचार