जसपाद्वारा मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णय

नयाँ मन्त्री छान्ने जिम्मा यादवलाई

नेकपा एकीकृत समाजवादीले सरकारमा सहभागी सबै मन्त्री फिर्ता बोलाएर नयाँ मन्त्री नियुक्त गरे लगत्तै जनता समाजवादी पार्टी (जसपा) नेपालले पनि सरकारमा सहभागी सबै बहालवाला मन्त्रीलाई फिर्ता बोलाएर नयाँ मन्त्री पठाउने निर्णय गरेको छ ।

सोमबार राति बसेको जसपाका अध्यक्ष उपेन्द्र यादव पक्षीय कार्यकारिणी समिति बैठकले यस्तो निर्णय गरेको हो । बैठकले सरकारमा सहभागी मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँ पठाउने निर्णय गरेको छ । हाल सरकारमा जसपाका चार मन्त्री रहेका छन् ।



जसपाबाट भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादव, वन मन्त्री रामसहायप्रसाद यादव, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ, र कृषि तथा पशुपंक्षि विकास मन्त्री महिन्द्र राय यादव मन्त्री भएका छन् । त्यस्तै बैठकले नयाँ मन्त्री छान्ने जिम्मा पनि उपेन्द्रलाई दिने निर्णय गरेको यादव पक्षीय एक नेताले बताए ।​

सम्बन्धित समाचार