प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद् बैठक, के आउँला निर्णय ?

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । आज (मंगलबार) दिउँसो ३ बजेका लागि देउवाले प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाएका हुन् ।

बैठकले समसामयिक विषयमा छलफल हुने बालुवाटार स्रोतले बताएको छ । मन्त्रिपरिषद्को नियमित बैठक सोमबार र बिहीबार बस्ने भए पनि मन्त्रिपरिषद् सदस्य हेरफेरका कारण सोमबार बैठक बस्न नसकेपछि देउवाले आजका लागि बैठक बोलाएका हुन् ।



त्यस्तै प्रधानमन्त्रीको सचिवालयले यो बैठकलाई मन्त्रिपरिषद्को नियमित बैठक रहेको बताएको छ । बैठकमा सरकारको नियमित एजेन्डाबारे छलफल हुने बताइएको छ । आजको बैठकलाई महत्वपूर्ण रुपमा हेरिएको छ ।

 

सम्बन्धित समाचार