वामदेव गौतमले नयाँ पार्टी घोषणा गर्दै

नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक एवं राष्ट्रिय सभाका सदस्य वामदेव गौतमले नयाँ पार्टीको घोषणा गर्दै छन् । आज (मंगलबार) गौतमले नयाँ पार्टीको घोषणा गर्न लागेका हुन् ।

मंगलबार दिउँसो ३ बजे उनले पत्रकर सम्मेलन गर्दै नयाँ पार्टी घोषणा गर्न लागेका हुन् । नयाँ घोषणा हुने पार्टीको संयोजक गौतम आफैं हुनेछन् । नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक रहेका गौतमले गत शनिबार ललितपुरमा आफू पक्षधरको भेला गरेका थिए । उनी एमाले छोडेर बिभिन्न समूहमा विभाजित कम्युनिष्ट पार्टीहरुका बीचमा एकीकरण हुनुपर्ने अभियानमा लागेका छन् ।



नयाँ पार्टीमा ७० जना केन्द्रीय कमिटी सदस्य रहने र हाल सञ्चालन गर्दै आएको अभियानलाई नै नयाँ पार्टीको रुपमा घोषणा गर्न लागेको पार्टीका प्रसार विभाग प्रमुख निमकान्त पाण्डेले जनकारी दिए । आज घोषणा हुने पार्टीमा विभिन्न पाँच साना कम्युनिष्टहरु समावेश हुँदैछन् । निर्वाचन आयोगमा दर्ता भएको समाजवादी केन्द्र नेपाल, आधुनिक नेपाल समाजवादी पार्टी, नेकपा राष्ट्रवादी रहेका छन् । यस्तै निर्वाचन आयोगमा दर्ता नभएका आम नेपाल पार्टी र स्वतन्त्र बामपन्थी समूह रहेको प्रवक्ता पाण्डेले बताए ।

 

सम्बन्धित समाचार