मृत अवस्थामा ४ जना फेला

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ४ जना फेला परेका छन् । काठमाडौं, दक्षिणकाली नगरपालिका-५ हात्तिवन जंगलमा गाडिएको अवस्थामा करिब ८ महिनाकी नवजात शिशुको शव सोमबार फेला परेको छ ।

त्यस्तै रोल्पा, माडी गाउँपालिका-५ लापा भिरस्थित माडी खोलामा हाल नाम, थर, वतन नखुलेकी करिब २५ वर्षीया महिला सोमबार मृत अवस्थामा फेला परेकी छन् । यता कपिलवस्तु, शिवराज नगरपालिका-६ मोतीनगरस्थित सिमेन्ट कारखानामा काम गरी दाजु नाता पर्ने राम किशोर यादवको घरमा बस्ने २२ वर्षीय राम सुबास यादव घरमा सोमबार मृत अवस्थामा फेला परेका छन् ।



यस्तै प्युठान, सरूमारानी गाउँपालिका-३ हंसपुर बस्ने ४५ वर्षीया मुमा केसी आफू सुत्ने कोठामा सोमबार मृत अवस्थामा फेला परेकी छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार