सवारी दुर्घटनामा परी २ जनाको मृत्यु

छुट्टाछुट्टै सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वरमा बा.२ ख १२३१ नम्बरको हाइसको ठक्करबाट पैदलयात्री स्याङ्जा थेङचुङगढी घर भएका ५२ वर्षीय देउ कुमार शेनको सोमबार साँझ मृत्यु भएको हो ।

ठक्करबाट गम्भीर घाइते भएका उनको बी एन्ड बी हस्पिटल ग्वार्को ललितपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै उक्त हाइसले बालकुमारीबाट कोटेश्‍वरतर्फ आउँदै गरेको प्रदेश ३-०१-०० ६ ख ०२९५ नम्बरको ट्रकलाई समेत ठक्कर दिँदा माइक्रोबसका सहचालक रामेछाप मन्थलीका २३ वर्षीय विमल सुनुवार घाइते भएका छन् । घाइते सुनुवारको  सिभिल अस्पताल नयाँ बानेश्वरमा उपचार भइरहेको छ ।



ट्रक चालकलाई नियन्त्रणमा लिनुका साथै हाल फरार हाइसका चालकको प्रहरीले खोजी गरिरहेको छ । त्यस्तै धनुषा, मिथिला नगरपालिका-२ नाक्टाझिझमा ज.११ प २०८५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोमबार दिउँसो दुर्घटना हुँदा चालक धनौजि गाउँपालिका-३ बस्ने ३५ वर्षीय संजिव पासवानको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार