वामदेव गौतमले घोषणा गरे नयाँ पार्टी, यस्तो छ पार्टीको नाम (विज्ञप्तिसहित)

वामदेव गौतमले नयाँ पार्टीको घोषणा गरेका छन् । आज (मंगलबार) पत्रकार सम्मेलन गर्दै गौतमले नयाँ राजनीतिक पार्टी खोलेको घोषणा गरेका हुन् ।

उनले ‘नेकपा एकता राष्ट्रिय अभियान’ पार्टी घोषणा गरेका हुन् । नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियान घोषणा गरेका गौतम पार्टीको संयोजक बसेका छन् भने ७५ सदस्यीय केन्द्रीय सदस्य रहेका छन् । त्यसमध्‍ये यो पार्टी समन्वय समितिको रुपमा रहँदासम्‍म केन्द्रीय सचिवालयमा ८ सदस्यहरु रहने छन्।



पार्टीको संयोजकमा वामदेव गौतम, सचिवमा डीबी कार्की र सदस्‍यहरुमा ओमशर्मा चालिसे, डिल्लीराज भट्टराई, दुर्गा भण्डारी, निकान्त पाण्डे, भगवती विष्ट र युवराज सफल रहेका छन् । पार्टीले संयोजक र सचिव बाहेक सबैजना सदस्‍यको रुपमा रहने जनाएको छ ।

‘दैनिक पार्टी निर्माणका लागि स्थायी कमिटि निर्माण हुनेछ । जसमा १५ जना नबढ्ने गरी सदस्यहरु रहने छन्’ गौतमले भने, ‘यो पार्टी बहुपदीय प्रणालीमा जानेछ । तदनुरुप पार्टीमा एक अध्यक्ष, सातै प्रदेशमा इन्चार्जको जिम्मेवारी वहन गर्ने गरी ७ उपाध्यक्ष, संगठनात्मक कामको मूख्य जिम्मेवारी पूरा गर्नेगरी एक महासचिव, एक उपमहासचिव, एक कोषाध्यक्ष र एक सचिव रहने व्यवस्था गरिनेछ ।’

पार्टीमा विभिन्न पाँच साना कम्युनिष्टहरु समावेश भएका छन् । निर्वाचन आयोगमा दर्ता भएको समाजवादी केन्द्र नेपाल, आधुनिक नेपाल समाजवादी पार्टी, नेकपा राष्ट्रवादी र निर्वाचन आयोगमा दर्ता नभएका आम नेपाल पार्टी र स्वतन्त्र बामपन्थी समूह मिलेर पार्टीको घोषणा गरेको प्रवक्ता पाण्डेले बताए ।

त्यस्तै उनले स्थानीय निर्वाचनमा कांग्रेस पहिलो शक्ति भएको र अब पनि कम्युनिष्ट पार्टीहरुले कार्यगत एकता गर्न नसके आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा काँग्रेसले बहुमत प्राप्त गर्ने बताए । उनले भने ‘आज पार्टी शिलान्यास गरेको छु, मैले उद्घाटन गर्ने बेलामा नेपाल चकित हुने अवस्था सिर्जना हुनेछ ।’ नेकपा विभाजन पश्चात् छुट्टै अभियानमा रहेका नेता गौतमले नेकपालाई पुनर्जीवित गर्ने र आफू पनि एकीकरण हुने अवस्था नबनेपछि नयाँ दल गठन गर्नुपरेको बताए ।

 

विज्ञप्ति

 

सम्बन्धित समाचार