अवरुद्ध भएको पृथ्वीराजमार्ग सञ्चालनमा आयो

पहिरोका कारण अवरुद्ध भएको पृथ्वीराजमार्ग खुलेको छ । आज (बुधबार) बिहान करिब ६ बजे पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी–२ स्थित ऐना पहरा नजिक पहिरो खसेर अवरुद्व भएको राजमार्ग सञ्चालनमा आएको हो ।

डोजरको सहायताले पहिरो पन्छाएपछि राजमार्ग पुनः सञ्चालन भएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जनाएको छ । राजमार्ग अवरुद्व हुँदा सयौँ सवारीसाधन बाटोमै रोकिन पुगेको थियो । मुग्लिन, आँबुखैरेनी हुँदै गोरखा जाने सडकमा सवारी साधन पुनः सञ्चालन भए पनि पोखरा जाने राजमार्ग सडक अवरुद्व नै रहेको प्रहरीले जनाएको छ ।



त्यसैगरी, सोही वडास्थित ढावटारमा भने राजमार्ग अवरुद्व नै रहेको छ ।

सम्बन्धित समाचार