मृत अवस्थामा १० जना फेला

देशका विभिन्न स्थानबाट मृत अवस्थामा १० जना फेला परेका छन् । कास्की, पोखरा महानगरपालिका-३१ बेगनास तालको अँधेरी कुनामा सोही महानगरपालिका-३० शिशुवा बसने मोरङ बेलबारी नगरपालिका-१ घर भएका नेत्र भन्ने ४० वर्षीय केतुनाथ राई मंगलबार मृत अवस्थामा फेला परेका हुन् ।

त्यस्तै मोरङ, विराटनगर महानगरपालिका-६ सरोचियास्थित सडकको नालीमा सोही महानगरपालिका-५ बस्ने ३० वर्षीय सन्तोष मण्डल मंगलबार मृत अवस्थामा फेला परेका छन् । यता सिरहा, गोलबजार नगरपालिका-३ जम्दह बस्ने ३६ वर्षीया प्रेम कुमारी सादा सोही नगरपालिका-३ जम्दहस्थित सार्वजनिक तुल्लेवाल पोखरीमा मंगलबार दिउँसो मृत अवस्थामा पाल परेकी छन् । सोमबार भैंसी चराउन गएकोमा नफर्किएपछि खोजी गर्ने क्रममा डुबेर मृत्यु भएको अवस्थामा उनको शव फेला परेको हो ।



यस्तै रुपन्देही, सियारी गाउँपालिका-३ सितापुरस्थित तिनाउ नदीको किनारामा हाल नाम, थर, वतन नखुलेकी करिब ४५ वर्षीया महिला मंगलबार मृत अवस्थामा फेला परेकी छन् । यसैगरी काठमाडौं, टोखा नगरपालिका-१० बस्ने कैलाली मनिकापुर गाउँपालिका-७ घर भएका ४५ वर्षीय सलेन्द्र हमाल आफू आराम गर्ने कोठामा मंगलबार मृत अवस्थामा फेला परेका छन् । काठमाडौं महानगरपालिका-२८ रत्नपार्कस्थित नेपाल बिद्युत प्राधिकरणका कर्मचारी हमाल ड्युटीमै रहेको अवस्थामा प्राधिकरणको कोठामै मृत फेला परेका हुन् ।

यता कञ्चनपुर, बेदकोट नगरपालिका-६ सिसैयास्थित पुलको खम्बामा अड्किएको अवस्थामा सोही नगरपालिका-७ चौखुट्टे गोकुलपुर बस्ने ५५ वर्षीय लबदेव जोशी सोमबार मंगलबार मृत फेला परेका छन् । त्यस्तै झापा, बिर्तामोड नगरपालिका-१ स्थित बिर्तासिटी अस्पतालमा काम गर्ने गौरादह नगरपालिका-३ बस्ने ५१ वर्षीय डिल्लीराम बास्तोला अस्पताल परिसरको निज बस्दै आएको कोठामा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

त्यसैगरी पाल्पा, तिनाउ गाउँपालिका-६ बाह्रविसेस्थित खोल्सामा स्याङजा वालिङ नगरपालिका-१० बस्ने २२ वर्षीय नरेश कुवँर मंगलबार मृत अवस्थामा फेला परेका छन् । यता महोत्तरी, पिपरा गाउँपालिका-६ रतौली बस्ने २१ वर्षीया अलका मण्डल आफ्नै कोठामा मंगलबार मृत अवस्थामा फेला परेकी छन् ।

यस्तै कैलाली, टिकापुर नगरपालिका-७ कालाकुण्डाघाटस्थित मोहना नदीको किनारमा हाल नाम, थर, वतन नखुलेकी करिब ४० वर्षीया महिलाको सडीगलेको अवस्थामा मंगलबार शव फेला परेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार