नवकान्तिपुर संवाददाता
काठमाडौं, १६ असार ।

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनी न्यून चापिय रेखा औसत भन्दा उत्तर तिर (नेपालको दक्षिणी भू-भाग नजिक) रहेको छ ।देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
जल तथा मौसम विज्ञान विभाग आज (बिहीबार) देशभर सामान्य बदली रहनेछ । देशका धेरै स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानहरुमा भारी वर्षाको समेत संभावना रहेको छ ।
त्यस्तै आज राति देशभर आंशिक देखि सामान्य बदली रहनेछ । देशभर केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।देशभर सामान्य देखि पुर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेकोले पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहाव (debris flow) को जोखिम रहेको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जन जीवन/ यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

