नवकान्तिपुर संवाददाता
काठमाडौं, १९ असार ।
समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले पोखराको लेकसाईडमा नयाँ एटिएम संचालनमा ल्याएको छ । उक्त एटिएमको समुद्घाटन बैंकका अध्यक्ष प्रतापजङ्ग पाण्डेबाट भएको प्राप्त विज्ञप्तिमा उल्लेख छ ।
उक्त एक्सटेन्सन काउन्टरको समुद्घाटन समारोहमा बैंकका संचालक समितिका सदस्यहरु अम्वीर बोगटी, भिमानन्द ढुंगाना, प्रमुख कार्यकारी अधिकृत सुनील पोखरेल, बैंकका चिफ विजिनेस डिपोजिट तथा ट्रान्जेक्सन बैंकिंग भोलाबहादुर विष्ट, गण्डकी प्रदेशका प्रमुख समीर केसीलगायतको उपस्थिति रहेको जनाइएको छ ।
हालसम्म ९२ अर्वभन्दा वढी निक्षेप परिचालन गरी करिव ८८ अर्व कर्जा लगानी गरिसकेकोे सिभिल बैंकको यस एटिएमसहित एटिएम संख्या ९९ पुगेको पनि प्रेषित विज्ञप्तिमा उल्लेख छ ।