भारतीय दूतावासमा कार्यरत एक सुरक्षाकर्मीले आफैंलाई गोली हानेपछि…

काठमाडौंको लैनचौरस्थित भारतीय दूतावासमा कार्यरत एक सुरक्षाकर्मीले आफैंलाई गोली हानेका छन् । आज (सोमबार) बिहान ९ बजे ३२ वर्षीय ती सुरक्षाकर्मीले आफैंलाई गोली हानी आत्महत्या गरेका हुन् ।

उनले आफूसँग रहेको इन्सास राइफलले आफैंलाई गोली हानेको दूतावास स्रोतले बताएको छ । घटनास्थल दूतावासभित्रै भएका कारण भारतीय पक्षले नै त्यसको अनुसन्धान गर्ने बताएको छ ।



मृतक सुरक्षाकर्मीको शव पोस्टमार्टमका लागि टिचिङ अस्पताल लगिएको छ ।

सम्बन्धित समाचार