पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो, कति पुग्यो लिटरको ? (सूचीसहित)

नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि गरेको छ । सोमबार राति १२ बजेदेखि लागू हुनेगरी निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको हो । निगमले पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धन (आन्तरिक)तर्फको मूल्य बढाएको हो ।

निगमले पेट्रोलमा प्रतिलिटर रु २ र डिजेल/मट्टितेलमा प्रतिलिटर रु ९ -९ वृद्धि गरेको हो । निगमले मूल्य बढाएसँगै अब पेट्रोल प्रतिलिटर रु १८१, डिजेल र मट्टितेलको प्रतिलिटर रु १७२ कायम भएको छ । यस्तै निगमले आन्तरिकतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर रु ५ ले वृद्धि गरेको छ ।



निगमले मूल्य बढाएसँगै अब आन्तरिकतर्फको हवाई इन्धनको मूल्य प्रति लिटर १९० पुगेको छ । निगमले खाना पकाउने एलपी ग्यास हवाई इन्धन (बाह्य) तर्फको मूल्य भने यथावत राखेको छ । अहिले एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर रु एक हजार ८०० रहेको छ । इन्डियन आयल कर्पोरेशन (आइओसी)बाट फेरि पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएर आएको छ । पेट्रोलियम पदार्थको लागत मूल्य निरन्तर बढिरहेको र खरिदबापत भुक्तानी गर्नुपर्ने वक्यौता बढ्दै गएको निगमले जनाएको छ । यही असार २४ गतेसम्म आइओसीलाई तिर्नुपर्ने बक्यौता रु ३० अर्ब पुग्ने निगमको प्रक्षेपण छ ।

सूची

सूची

सम्बन्धित समाचार