नवकान्तिपुर संवाददाता
काठमाडौं, २१ असार ।

रामेछापमा भएको यात्रुबस दुर्घटना परी मृत्यु हुनेको सङ्ख्या १३ पुगेको छ । आज (मंगलबार) रामेछापको हिलेदेवीबाट काठमाडौं आउँदै गरेको बा३ख ८३९६ नम्बरको अरनिको यातायातको बस खाँडादेवी गाउँपालिका– १ लुभुघाट नजिकै दुर्घटनामा परेको हो ।
बस दुर्घटना हुँदा ९ जनाको घटनास्थलमा मृत्यु भएको र अन्य ४ जनाको धुलिखेल अस्पतलमा उपचारको क्रममा मृत्यु भएको सुनापाती गाउँपालिकाका अध्यक्ष ठूलोकान्छा तामाङले जानकरी दिए । मृतक मध्ये अहिलेसम्म ७ जनाको सनाखत भइसकेको तामाङले बताए ।
दुर्घटनामा परी मृत्यु हुनेमा रामेछाप सुनापती–५, रुपाकोटका ठूला तामाङ, सोही स्थानका सपना तामाङ, सुनापती खनिया पानीका सन्जु आले, सुनापती–५, कटुञ्जेका खड्क बहादुर विक, सुनापती–४ ल्हाटा का समरीता तामाङ भक्तपुर सूर्यविनायकका कमला तामाङ, पाँचखाल ढाटखोलाका कान्छी माया मानन्धर रहेका छन् । घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

