मृत अवस्थामा ११ जना फेला

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ११ जना फेला परेका छन् । काठमाडौं महानगरपालिका-२४ मखन गल्ली बस्ने ५९ वर्षीय केश रत्न स्थापित आफ्नै घरको पानी ट्याङ्कीमा मंगलबार मृत अवस्थामा फेला परेका हुन् ।

त्यस्तै सर्लाही, बरहथवा नगरपालिका-५ स्थित एनटीसी टावर छेउको बाटोमा सोही ठाउँ बस्ने ३८ वर्षीय भोला मिश्रा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।यता दाङ, तुलसीपुर उपमहानगरपालिका-७ बेतही खोला किनारमा सोही ठाउँ बस्ने ४१ वर्षीय दिपक थापा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।



यस्तै पाल्पा, रामपुर नगरपालिका-७ विजयपुर चोकस्थित सडक छेउमा सोही नगरपालिका-५ बस्ने स्याङ्जा चापाकोट हिलेमराङ स्थायी वतन भएका ६९ वर्षीय भुवन दमाई मंगलबार मृत अवस्था फेला परेका छन् । त्यसैगरी कपिलवस्तु, कृष्णनगर नगरपालिका-२ पुरानो बसपार्कस्थित यात्रु प्रतिक्षालयभित्र सोही ठाउँमा मागी खाई हिँड्ने भारत घर भएकी करिब ५३ वर्षीया माँया बाई मंगलबार मृत अवस्थामा फेला परेकी छन् ।

यसैगरी कपिलवस्तु, महाराजगंज नगरपालिका-६ सानो बटहनियास्थित जंगलमा हाल नाम, थर, वतन नखुलेकी करिब ५० वर्षीया महिला मंगलबार मृत अवस्थामा फेला परेकी छन् । यस्तै मकवानपुर, भिमफेदी गाउँपालिका-९ लामिडाँडा घर भई हाल हेटौंडा उपमहानगरपालिका-३ सरस्वती टोलस्थित च्याउ फार्ममा काम गरी बस्ने २७ वर्षीय सानु कान्छा बम्जन हेटौंडा उपमहानगरपालिका-३ स्थित हाँडी दह खोलामा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

यता कञ्चनपुर, भिमदत्त नगरपालिका-६ ऐठपुर फुलबारी चोकस्थित गोल्डेन ब्रिज बोडिङ स्कुलको छतमा सोही नगरपालिका-७ हल्दुखाल बस्ने २२ वर्षीय प्रेम सिंह धामी मंगलबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै नवलपरासी (पूर्व), कावासोती नगरपालिका-२ भाटटोल बस्ने ८२ वर्षीय जित बहादुर कानु मगर सोही ठाउँस्थित शिव माविको कम्पाउण्ड बाहिर मंगलबार मृत अवस्थामा फेला परेका छन् । कावासोती बजार जान्छु भनी सोमबार बिहान हिँडेका उनी फर्कि नआएपछि खोजी गर्ने क्रममा उक्त स्थानमा उनको शव फेला परेको हो ।

त्यसैगरी रूपन्देही, बुटवल उपमहानगरपालिका-५ तिनाउँ नदी नहरको कुलोमा भारत गोरखपुर बस्ने १७ वर्षीय पुजारी भन्ने सनी कुमार मंगलबार मृत अवस्थामा फेला परेका छन् । यता सल्यान, कपुरकोट गाउँपालिका-५ बुढाटोल बस्ने ४८ वर्षीया साबित्री कुमारी बुढा आफ्नै घरको कोठाभित्र मंगलबार मृत अवस्थामा फेला परेकी छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार