मृत अवस्थामा ६ जना फेला

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ६ जना फेला परेका छन् । ललितपुर, महालक्ष्मी नगरपालिका-८ लुभु बसपार्क नजिक पाटीमा हाल एकिन वतन नखुलेका करिब ५० वर्षीय रेशम लामा बुधबार मृत अवस्थामा फेला परेका हुन् ।

त्यस्तै तेह्रथुम, फेदाप गाउँपालिका-१ ओख्रे बस्ने ४० वर्षीय कर्ण बहादुर खड्का सोही ठाउँस्थित कुरूङबाङ चोक नजिक बाटोमा बुधबार मृत अवस्थामा फेला परेका छन् । यता कैलाली, गोदावरी नगरपालिका-२ अत्तरियास्थित बसपार्क पछाडी गोदावरी नगरपालिका-४ बास्कोटा बस्ने ६० वर्षीय इन्द्र मल्ल बुधबार मृत अवस्थामा फेला परेका छन् ।



यस्तै पर्वत, फलेबास नगरपालिका-४ थुमीस्थित सडक छेउमा हाल नाम, थर, वतन नखुलेका करिब ४५ वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन् । त्यसैगरी रौतहट, गौर नगरपालिका-३ स्थित सडक छेउमा हाल नाम, थर, वतन नखुलेका करिब ६० वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन् ।

यसैगरी मोरङ, विराटनगर महानगरपालिका-११ बसपार्कस्थित कुर्सीमा हाल नाम, थर, वतन नखुलेका करिब ५५ वर्षीय पुरुष बिहीबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार