जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बाँके खजुरा गाउँपालिका-२ बस्ने २० वर्षीय अब्दुल खाँलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

ती किशोरीलाई खाँले धाकधम्की दिई गत असार १६ गते तथा विभिन्न समय र स्थानमा समेत जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।



पछिल्लो समयमा नेपालमा बलात्कारको घटना बढ्दै गएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार