सिभिल बैंकका ग्राहकलाई पोखराको चरक मेमोरियल हस्पिटलमा २० प्रतिशतसम्म छुट

सिभिल बैंक र पोखराको चरक मेमोरियल हस्पिटलबीच बैंकका ग्राहकहरुका लागि विशेष छुट प्रदान गर्ने बारेमा सम्झौतापत्रमा हस्ताक्षर भएको छ । यस सम्झौताअनुसार सिभिल बैंकका सम्पूर्ण ग्राहकहरुले पोखराको चरक मेमोरियल हस्पिटलमा २० प्रतिशतसम्म छुट पाउने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

विहीबार एक कार्यक्रममा बैकका तर्फबाट गण्डकी प्रदेशका प्रमुख समीर केसी तथा हस्पिटलका तर्फबाट अध्यक्ष रामचन्द्र रेग्मीले सम्झौतामा हस्ताक्षर गरेका छन् । उक्त सम्झौताअनुसार फार्मेसीमा ५ प्रतिशत, ल्याब÷बेड, रेडियोलोजी तथा अपरेसनमा लाग्ने शुल्कमा १० प्रतिशत र होल बडी चेकअपमा २० प्रतिशत छुट पाउनेछन् ।



यस छुटको सुविधा उपभोग गर्नको लागि सिभिल बैंकका ग्राहकहरुले हस्पिटलको बिलको भुक्तानी बैंकको मोवाइल बैंकिङ्ग एपमार्फत डिजिटल पेमेन्ट गर्नुपर्ने जनाइएको छ ।

यसका साथै आगामी दिनहरुमा बैक र हस्पिटलको संयुक्त पहलमा पोखराको विभिन्न स्थानहरुमा निःशुल्क स्वास्थ्य शिविरको पनि आयोजना गर्न सकिने गण्डकी प्रदेशका प्रमुख समीर केसीले जनाएका छन् ।

सम्बन्धित समाचार