आज यी स्थानमा मेघगर्जन र चट्याङ्ग सहित वर्षाको सम्भावना

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । देशको प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रही बाँकी भू-भागमा आँशिक देखि सामान्य बदली रहेको छ । प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

जल तथा मौसम विज्ञान विभाग आज (शुक्रबार) देशभर आँशिक देखि सामान्य बदली रहनेछ । प्रदेश १, बागमती प्रदेश ,गण्डकी प्रदेश कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशहरूका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । त्यस्तै आज राति देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशभर धेरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ भने प्रदेश १ र मधेश प्रदेशका एक-दुई स्थानहरू साथै बाँकी प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको समेत सम्भावना छ ।



देशभर धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ भने प्रदेश १ र मधेश प्रदेशका एक-दुई स्थानहरू साथै बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेकोले पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहाव (debris flow) को जोखिम रहेको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जन जीवन/ यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

 

 

सम्बन्धित समाचार