पेंगुइन खानामा ‘चुजी’ बनेपछि…

मध्य जापानको कानागावा क्षेत्रमा रहेको हाकोन–एन एक्वैरियमले निकै अनौठो अवस्थाको सामना गरिरहेको छ । पेंगुइन खानामा निकै ‘चुजी’ बनेको एक्वैरियमका अधिकारीहरूले गुनासो गर्न थालेका छन् । मुद्रास्फीतिको पछिल्लो प्रभाव यस एक्वैरियममा पनि स्पष्ट देखिएको छ । किनकी पेंगुइन र ओटरहरूले सस्तो खाना छोडेका छन् । उनीहरूले नयाँ बार्गेन बाइट्स मन पराउँदैनन्, जसका कारण उनीहरूका हेरालु दिक्क छन् ।

‘उनीहरूले सुरुमा यसलाई आफ्नो मुखमा लगाउँछन्, तर त्यसपछि छोड्छन्’ उनको भनाइ उद्धृत गर्दैै एएफपीले जनाएको छ । पेंगुइन र ओटरले ‘केही कुहेको’ महसुस गरेको उनी बताउँछन् । एक्वैरियमका अधिकारीले अहिले महंगो म्याक्रेल (पूर्वी एट्लान्टिक र अफ्रिकामा पाइने माछा) बाट छुटकारा लिएका छन् ।



त्यसको सट्टा सस्तो म्याक्रेल पेंगुइनलाई दिन थालेका छन् । तर, मेनुमा देखिएको परिवर्तनले पेंगुइन खुसी छैनन् । एक्वैरियमले उल्लेख गरेअनुसार केही पेंगुइनहरूले म्याकेरेल राख्दा आफ्नो चुचो घुमाउन थाल्छन् । त्यस्तै एक्वैरियको ओटरले पनि सस्तो माछा खाना छोडेको अधिकारीहरू बताउँछन् । एजेन्सीको सहयोगमा

सम्बन्धित समाचार