जापानका पूर्वप्रधानमन्त्री आबेको निधन

जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको निधन भएको छ । आज (शुक्रबार) स्थानीय समयअनुसार ११ः३० बजे जापानको नारा शहरमा आयोजित एक कार्यक्रममा सम्बोधन गरिरहेको बेला उनीमाथि गोली प्रहार भएको थियो ।

गोली लागेपछि उनलाई उपचारको लागि जापानको नारा मेडिकल युनिभर्सिटीमा लगिएको थियो । बेहोस अवस्थामा अस्पताल पुर्याइएका आबेको उपचारको क्रममा मृत्यु भएको जापानी सञ्चार माध्यमले जनाएका छन् । गोली लागेपछि उनी भुइँमा लडेका थिए । आबे माथि गोली प्रहार गर्ने व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।



यही जुलाई १० तारिख हुने निर्वाचनमा लिबरल डेमोक्र्याटिक पार्टीका उम्मेदवारको चुनावी प्रचारको लागि बिहान भाषण गर्ने क्रममा उक्त घटना भएको थियो । लोकप्रिय मानिएका मध्येका युवा पूर्वप्रधानमन्त्री आबे सन् २०१२ देखि २०२० सम्म जापानको प्रधानमन्त्री रहेका थिए । आबेले सन् २०२० मा आफ्नो स्वास्थ्य अवस्था देखाउदै प्रधानमन्त्रीबाट राजीनामा दिएका थिए । उनी सत्ताधारी लिबरल डेमोक्रेटिक पार्टीमा अझै पनि प्रभावशाली नेताको रुपमा चिनिन्छन् ।

यो पनि पढ्नुस :

जापानका पूर्वप्रधानमन्त्री आबेमाथि गोली प्रहार, अवस्था गम्भीर

 

सम्बन्धित समाचार