मृत अवस्थामा ५ जना फेला

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ५ जना फेला परेका छन् । दाङ, गढवा गाउँपालिका-२ महादेवास्थित राप्ती नदीको बीचमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५५ वर्षीय पुरुष बिहीबार मृत अवस्थामा फेला परेका हुन् ।

त्यस्तै संखुवासभा, पाचँखपन नगरपालिका-७ बस्ने ५० वर्षीय पूर्ण बहादुर परियार सोही ठाउँस्थित बिहीबारे र थापा गाउँबिच तिनधारे खोल्सामा बिहीबार मृत अवस्थामा फेला परेका छन् । टेलर्सबाट लुगा सिलाई घर फर्किने क्रममा तिनधारे खोल्सामा बनाएको साँघुबाट खसेर मृत्यु भएको अवस्थामा उनको शव फेला परेको हो ।



यस्तै मोरङ, जहदा गाउँपालिका-३ हात्तीबन्दा नहर टोलस्थित सिंगिया खोलामा हाल नाम, थर, वतन नखुलेका करिब ३५ वर्षीय पुरूष बिहीबार मृत अवस्थामा फेला परेका छन् । यता रोल्पा, रोल्पा नगरपालिका-९ होमालिउन र थवाङ गाउँपालिकाको सिमानाको जंगलमा हाल नाम, थर, वतन नखुलेका पुरूषको शव सडिगलेको अवस्थामा फेला परेको छ ।

त्यसैगरी रूपन्देही, बुटवल उपमहानगरपालिका-११ रंगशालास्थित किरातेसोर महिनाचुली अबिसा जेभि क्यामभित्र सोही क्याम्पको रेखदेख गर्ने दाङ घोराही नगरपालिका-५ बस्ने ५२ वर्षीय रमेश डागी बिहीबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार