मृत अवस्थामा ६ जना फेला

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ६ जना फेला परेका छन् । सल्यान, शारदा नगरपालिका-६ भट्टाचौरस्थित शारदा नदीमा सोही ठाउँ बस्ने ५० वर्षीय डोल बहादुर भण्डारी शुक्रबार मृत अवस्थामा फेला परेका हुन् । नदीमा माछा मार्न भनि बिहीबार राति गएका उनको सोही नदीमा शव फेला परेको हो ।

त्यस्तै महोत्तरी, सम्सी गाउँपालिका-४ गैंडाभेटपुर गाँउबाट पश्चिम धान खेतमा बर्दीबास नगरपालिका-२ बुद्ध चोक बस्ने ३५ वर्षीय आशिष कार्की शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।



यस्तै कञ्चनपुर, दोधारा चाँदनी नगरपालिका-१ जिरो प्वाईन्टस्थित महाकाली नदीको बिच भागमा भारत चम्पावत बस्ने ५५ वर्षीय शंकर पाठक शुक्रबार मृत अवस्थामा फेला परेका छन् । यता नवलपरासी(पूर्व), मध्यबिन्दु नगरपालिका-१४ दुवारी बस्ने ४१ वर्षीय भोज बहादुर बारघरे सोही ठाउँ थारुडाँडास्थित खोल्सामा शुक्रबार मृत अवस्थामा फेला परेका छन् । असार ६ गते घरबाट हिँडेका उनको खोजी गर्ने क्रममा उक्त स्थानमा शव फेला परेको हो ।

यसैगरी नवलपरासी(पूर्व), गैंडाकोट नगरपालिका-१ मौलाकालिका सामुदायिक वनको भोटेखोलास्थित पानी नभएको खोल्सोमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला परेका छन् । त्यसैगरी डोटी, शिखर नगरपालिका-१० बान्डुग्रीसैनस्थित सेती नदी किनारामा हाल नाम, थर, वतन नखुलेकी अन्दजी ३५ वर्षीया महिला शुक्रबार मृत अवस्थामा फेला परेकी छिन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार