नवकान्तिपुर संवाददाता
काठमाडौं, २७ असार ।
बलिउड अभिनेत्री सोनाक्षी सिन्हा आफ्नो पर्सनल लाइफका कारण प्रायः चर्चामा रहने गर्छिन् । सोनाक्षीको विवाहको खबर प्राय सामाजिक सञ्जालमा भाइरल हुने गर्छ । सोनाक्षीलाई अक्सर उनको विवाहको बारेमा प्रश्न सोधिने गर्छ। हालै सोनाक्षीले एक अन्तर्वार्तामा आफ्नो विवाहको बारेमा खुलासा गरेकी छिन् ।
हिन्दुस्तान टाइम्ससँगको कुराकानीमा सोनाक्षीले भनिन्, ‘मेरो सधैं प्रयास रह्यो कि जब म आफ्नो कामको बारेमा कुरा गर्छु, तर मानिसहरु उत्सुक हुने गर्छन् । उनीहरु मेरो जीवनमा के भइरहेको छ भनेर जान्न चाहन्छन् र यसको बारेमा अनुमान गरिरहन्छन् ।’
सोनाक्षीले भनिन्, ‘म आफ्नो पर्सनल लाइफको बारेमा त्यतिबेलासम्म कसैलाई बताउँदिन जबसम्म म आफैँले चाहन्नँ । म यस्तो हुँ र तपाईले मेरो सामाजिक सञ्जालमा यस्तै गुणहरू देख्नुहुनेछ । मैले सामाजिक सञ्जालमा सेयर गर्न चाहेको कुरा मात्र सेयर गर्छु अरु केही छैन ।’
आफ्नो विवाहको बारेमा सोनाक्षीले भनिन्, ‘मेरा आमाबुवाले पनि मेरो विवाहको बारेमा मिडिया र पब्लिक भन्दा धेरै सोध्दैनन् । यति सम्मकी मेरो आमाबुबाले मेरो विवाहको विषयमा अरूको तुलनामा वास्ता गर्दैनन्।’ सोनाक्षीको नाम केही समयदेखि अभिनेता जहीर इकबालसँग जोडिएको छ । धेरै रिपोर्टमा यी दुबैले चाँडै विवाह गर्न सक्ने बताइएको छ । सोनाक्षी छिट्टै ‘रोर’ नामक वेब सिरिजबाट ओटीटी डेब्यू गर्दैछिन् ।