जबरजस्ती करणी गरेको अभियोगमा २ जना पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा २ जना पक्राउ परेका छन् । १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा भक्तपुर, चाँगुनारायण नगरपालिका-९ ताथली बस्ने २७ वर्षीय टिका राज कटुवाललाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

ती किशोरीलाई सूर्यविनायक नगरपालिका-१० चित्तापोलस्थित एक रिसोर्टमा कुटवालले जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।



त्यस्तै २३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा धनकुटा, शहीदभूमि गाउँपालिका-५ बस्ने ३१ वर्षीय सन्तोष राईलाई शनिबार प्रहरीले पक्राउ गरेको छ । तेह्रथुम लालीगुराँस नगरपालिका-२ स्थित होटलमा राईले ती महिलालाई शुक्रबार राति जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको प्रहरीले उनलाई धनकुटा नगरपालिका-७ बाट पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

 

 

सम्बन्धित समाचार