कोरोना संक्रमितको संख्या दिनहुँ बढ्दै, यस्तो छ २४ घण्टाको विवरण

मृतकको संख्या शुन्य

पछिल्लो चौबीस घण्टामा नेपालमा १७७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने मृतकको संख्या शून्य रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा ३ हजार १२६ जनाको नमूना परीक्षण गरिएको थियो । जसमा १ हजार ८०५ जनाको पीसीआर परीक्षण गर्दा १४४ जना र १ हजार ३२१ जनाको एन्टिजेन परीक्षण गर्दा ३३ जनामा कोरोना पुष्टि भएको छ ।

त्यस्तै, चौबीस घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु भएको छैन । नेपालमा हाल मृत्यु हुनेको संख्या ११ हजार ९५२ पुगेको मन्त्रालयले जनाएको छ । यस्तै आज ४१ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको हुनेको संख्या ९ लाख ६७ हजार ७६५ जना पुगेको छ ।



नेपालमा हाल सक्रिय संक्रमितको संख्या ८७३ रहेको छ । जसमध्‍ये ८५३ जना होम आइसोलेसनमा रहेका छन् भने २० जना संस्थागत आइशोलेशनमा, ११ जना आईसीयूमा र १ जना भेन्टिलेटरमा उपचाररत् छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ९ लाख ८० हजार ५९० र एन्टिजेन विधिबाट १ लाख ४० हजार ७११ जना पुगेको छ ।

 

सम्बन्धित समाचार