मृत अवस्थामा ६ जना फेला

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ६ जना फेला परेका छन् । दाङ, लमही नगरपालिका-३ टिकुलीगढ बस्ने ६० वर्षीय टिकाराम चौधरी सोही ठाउँस्थित खेतमा मंगलबार मृत अवस्थामा फेला परेका हुन् ।

त्यस्तै झापा, शिवसताक्षी नगरपालिका-११ स्थित पानी ट्यांकी जाने बाटोको जंगल नजिक चौतारीमा सोही नगरपालिका-८ बस्ने ५५ वर्षीय भरत राई मंगलबार मृत अवस्थामा फेला परेका छन् ।



यस्तै यता सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-६ शान्तीटोल बस्ने ९० वर्षीया धनरूपा देवी दमाई घर नजिकै करेसाबारीमा मंगलबार साँझ मृत अवस्थामा फेला परेकी छन् । घरबाट निस्किएकी उनको खोजी गर्ने क्रममा घरकै करेसाबारीमा लडेर मृत्यु भएको अवस्थामा शव फेला परेको हो ।

त्यसैगरी दाङ, राप्ती गाउँपालिका-१ राप्ती सामुदायिक बनमा सोही गाउँपालिका-८ पिपरी बस्ने ४५ वर्षीय दल बहादुर चौधरी मंगलबार मृत अवस्थामा फेला परेका छन् । यता कञ्चनपुर, पुनर्वास नगरपालिका-१० मदनचोक बस्ने ३५ वर्षीय रमेश राना आफ्नै घरको कोठमा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

यसैगरी रूपन्देही, सम्मरीमाई गाउँपालिका-५ दुबेथुमिवा बस्ने रोहित चाईकी छोरी ३ वर्षीया सिर्जना चाई सोही ठाउँस्थित तिनाउ नदीमा मंगलबार मृत अवस्थामा फेला परेकी छन् । बुबाआमा खेतमा गएकोमा उनको नदीमा डुबेर मृत्यु भएको अवस्थामा उनको शव फेला परेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार