नवकान्तिपुर संवाददाता
काठमाडौं, २९ असार ।
महिलाहरुको महान चाड हरितालिका तीज नाजिकिंदै गर्दा बजारमा तीजका गीतहरु सार्वजनिक हुन थालेका छन् । यसै क्रममा गायिका सुनिता बुढा क्षेत्री र अमृता नेपालीको स्वरमा रहेको ‘मै मोटी भएनी नाच्छु घुमेर’ बोलको तीजको गीत सार्वजनिक भएको छ ।
गीतकार वीरेन्द्र ढकालको लय तथा शब्द सिर्जनामा निर्माण गरिएको उक्त गीत मंगलबार सार्वजनिक भएको हो । गीतमा टिकटकबाट ख्याति कमाएकी भावना आचार्य ‘लुरी’, गङ्गा शर्मा र सम्प्रिया खड्काको अभिनय देख्न सकिन्छ ।
राम केसीको छायाङ्कन र विकास ज्ञवालीले सम्पादन रहेको उक्त गीतको निर्देशन मदन खड्काले गरेका छन् । गीतमा आफू मोटो भएनी नाच्न सक्षम भएको तथा अरू कसैको चियोचर्चा गर्नुहुन्न भन्ने भाव प्रस्तुत गर्न खोजिएको छ ।
भिडियो –