भृकुटीमण्डपमा भीषण आगलागी

काठमाडौँ प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा भीषण आगलागी भएको छ । आज (बुधबार) अपराह्न भृकुटीमण्डपस्थित ह्वील चेयरको गोदाममा आगलागी भएको हो ।

आगलागी नियन्त्रणको लागि अहिले विभिन्न क्षेत्रका दमकलको सहयोगमा सुरक्षाकर्मी र स्थानीयवासीले प्रयासरत रहेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भरतबहादुर बोहराले आगलागी नियन्त्रणको प्रयास भैरहेको बताए ।



उनले भने, ‘केही अघि मात्रै आगलागी भएको र निभाउने कार्य जारी रहेको छ ।’

सम्बन्धित समाचार