जबरजस्ती करणी गरेको अभियोगमा २ जना पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा २ जना पक्राउ परेका छन् । १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा भोजपुर, रामप्रसादराई गाउँपालिका-१ ओख्रे बस्ने ४८ वर्षीय अम्बिराज कार्कीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

कार्कीले ती किशोरीलाई २०७८ फागुन २३ गते आफ्नै घरभित्र लागेर जबरजस्ती करणी गरी गर्भवती बनाएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय भोजपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।



त्यस्तै ७८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा जाजरकोट, शिवालय गाउँपालिका-३ चोरकम्द बस्ने ६२ वर्षीय पुरुषलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । गत शनिबार वृद्धालाई ती पुरुषले जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय सिमाबाट खटिएको प्रहरीले उनलाई नियन्त्रणमा लिएर जिल्ला अदालत जाजरकोटबाट म्याद थप गरी अनुसन्धान प्रकृया अगाडि बढाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार