मृत अवस्थामा ८ जना फेला

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ८ जना फेला परेका छन् । काठमाडौं, नागार्जुन नगरपालिका-१ रानीवनस्थित मानव सेवा आश्रममा धादिङ कल्लेरी गाउँपालिका-७ घर भएका ६५ वर्षीय नवराज परियार बुधबार मृत अवस्थामा फेला परेका हुन् । हाल काठमाडौं महानगरपालिका-२२ हनुमानढोकास्थित सडकमा बस्ने परियारलाई गत शनिबार उद्धार गरी उक्त आश्रममा राखिएकोमा सुतिरहेको अवस्थामा
उनको शव फेला परेको हो ।

त्यस्तै डोटी, पुर्वीचौकी गाउँपालिका-३ ठाडा गाउँ बस्ने ६० वर्षीया मनसरी बोहरा सोही गाउँपालिका-६ गण्डिगाड खोलाको किनारमा बुधबार मृत अवस्थामा फेला परेकी छिन् । शनिबार घरबाट हराई बेपत्ता भएकी उनको खोजी गर्ने क्रममा उक्त स्थानमा शव फेला परेको हो ।



यस्तै गोरखा, गोरखा नगरपालिका-८ आहाले गाउँस्थित बाटोको छेउमा सोही ठाउँ बस्ने २४ वर्षीय अनिष आले बुधबार मृत अवस्थामा फेला परेका छन् । यता रूपन्देही, तिलोत्तमा नगरपालिका-१ शिवचोकस्थित सडक किनारामा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ६० वर्षीय पुरूष बुधबार मृत अवस्थामा फेला परेका छन् ।

त्यसैगरी ताप्लेजुङ, फुङलिङ नगरपालिका-३ पिपलडाँडा बस्ने ५३ वर्षीया भिमा कामी सोही ठाउँस्थित मकैबारीमा बुधबार मृत अवस्थामा फेला परेकी छन् । यसैगरी मोरङ, कानेपोखरी गाउँपालिका-४ नारायण चोक बस्ने ३६ वर्षीय रोहित कार्की आफ्नै घरको कोठामा बुधबार मृत अवस्थामा फेला परेका छन् ।

यता कास्की, अन्नपूर्ण गाउँपालिका-७ थर्कुनास्थित जंगलभित्र पानीको छहरामा हाल नाम, थर, वतन नखुलेका करिब ४० वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै सिरहा, नरहा गाउँपालिका-५ कटनियास्थित धान खेतमा हाल नाम, थर, वतन नखुलेकी करिब ६५ वर्षीया महिला बुधबार मृत अवस्थामा फेला परेकी छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार