जलविद्युत आयोजनाको पावर हाउस भासिँदा एकै परिवारका ३ जनाको मृत्यु

जुम्लामा जलविद्युत आयोजनाको पावर हाउस भासिँदा एकै परिवारका ३ जनाको मृत्यु भएको छ । आज (शुक्रबार) राति करिब साढे २ बजे जुम्ला हिमा गाउँपालिका–१ आचार्यलिहीमा भित्रीखोला जलविद्युत् आयोजनाको पावर हाउस भासिँदा एकै परिवारका ३ जनाको मृत्यु भएको

मृत्यु हुनेमा पावर हाउसका चौकिदार गोरकबहादुर रावतकी श्रीमती ३० वर्षीय विमला रावत र उनका दुई छोरा ९ वर्षीय भरत र ७ वर्षीय सूर्य रावत रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी भुवन भट्टले बताएका छन् । उनीहरु तीनै जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । बड्की प्रहरी चौकीमा सुरक्षार्थ प्रहरी राति बत्ती किन गयो भनेर हेर्न जादा घर भासिएको देखेका थिए ।



मृत भेटिएका तीनै जना आयोजनाको विद्युतगृहभित्र सुतिरहेका थिए । चौकीदार गोरक भने काम विशेषले बाहिर गएका थिए । प्रहरी चौकी बड्कीमा कार्यरत प्रहरी र स्थानीयवासी राति नै घटनास्थलमा पुगी उद्धारमा खटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । तीनै जनाको शव पोष्टमार्टमका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लागिएको छ ।

सम्बन्धित समाचार