स्रोत नखुलेको नगद सहित ठाकुर पक्राउ

स्रोत स्रोत नखुलेको नगद सहित एक जना पक्राउ परेका छन् । सर्लाही, मलंगवा नगरपालिका-८ गोरखकालीबाट स्रोत नखुलेको नगद ५ लाख ११ हजार ५ सय रुपैयाँ सहित एक जना भारतीय नागरिक पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा भारत सितामढी थाना कन्हौली ग्राम पंचायत रामनगरा-११ बस्ने ३० वर्षीय बिजय ठाकुर रहेका छन् । उनलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।



बीआर ३० एक्स ५५४४ नम्बरको मोटरसाइकलमा भारतको सोनवर्षाबाट नेपालको मलंगवा बजारतर्फ आउँदै गरेका उनलाई प्रहरीले जाँच गर्ने क्रममा हेलमेटभित्र लुकाई राखेको अवस्थामा उक्त नगद फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार